काठमाडौँ । पार्टी अध्यक्ष केपी ओलीको रिहाइको माग गर्दै नेकपा एमालेका कार्यकर्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । नेकपा एमाले जिल्ला पार्टी कमिटी काठमाडौँको आयोजनामा माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।अध्यक्ष ओलीलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो । ओली पक्राउ परेपछि एमालेका कार्यकर्ताहरू शनिबारदेखि आक्रोशित हुँदै सडकमा उत्रिएका छन्।












