२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

केपी ओली र रमेश लेखकलाई थुनामा राख्न अदालतमा अनुमति माग

 

प्रहरीले ज्यानसम्बन्धी कसुरमा पूर्वप्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्नुपर्ने कारणसमेत खुलाएर जिल्ला अदालतमा म्याद थपको माग गरेको हो। म्याद लिनका लागि आरोपीलाई समेत उपस्थित गराउनुपर्ने हुन्छ। अस्पताल भर्ना भएकाले केपी ओलीलाई भर्चुअल रूपमा उपस्थित गराउने भएको छ। उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।  पूर्वगृहमन्त्री लेखकलाई भने अदालतमै उपस्थित गराइएको छ। न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले थुनामा राख्न म्याद दिने–नदिने निर्णय गर्नेछ। जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनीहरूलाई शनिबार बिहान घरबाटै पक्राउ गरेको छ। जरुरी पक्राउ पुर्जी दिएर ओली र लेखकलाई पक्राउ गरिएको हो। गौरीबहादुर कार्की अध्यक्षताको जाँचुबझ आयोगले उनीहरूलाई १० वर्षसम्म कैद हुने गरी लापरबाहीपूर्ण ज्यान मारेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ।ओली र लेखकमाथि जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान अघि बढाएको छ। 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।