२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

गण्डकीले एपीएफलाई दियो १५१ को लक्ष्य

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत गण्डकी प्रदेशले विभागीय क्लब एपीएफलाई १५१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । तल्लो मूलपानी मैदानमा भएको खेल २१ ओभरमा घटाएर खेल गरिएको थियो । मैदान भिजेको हुँदा ओभर घटाएर ढिलो खेल सञ्चालन गरिएको हो । टस जितेको गण्डकीले निर्धारित २१ ओभरमा ७ विकेट गुमाउँदै १५० रन बनायो । गण्डकीको लागि ओपनर ब्याटर गौरव विकले सर्वाधिक ३७ रन बनाए। उनले ३६ बलमा ३ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर अर्जुन कुमालले २५ रन बनाए । दिपक डुम्रेले ३४ रन बनाए । दिनेश बुढा ऐरले १९ रजन बनाउँदा कप्तान विपिन खत्री २० रनमा अविजित रहे । एपीएफका लागि अभिनाश बोहोराले सर्वाधिक ३ विकेट लिए । कमलसिंह ऐरी, युवराज खत्री र अभिषेक गौतमले १–१ विकेट लिए ।

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।