राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कर्मचारी युनियन भंग गरिएको छ। चैत १३ को मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी सय कार्यसूचीअनुसार आइतबार बोर्डको कर्मचारी युनियन भंग गरिएको हो।

शासकीय सुधारसम्बन्धी सय कार्यसूचीमध्ये (ख)को (उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता) बुँदा नं १२ मा उल्लेख भएबमोजिमको निर्णयलाई स्वागत गर्न सो निर्णय गरेको बोर्ड कर्मचारी युनियनका अध्यक्ष राजु ओलियाले जारी गरेको सूचनामा उल्लेख छ।









