२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

युद्ध विस्तार भएसँगै इन्धनको मूल्यमा उच्च वृद्धि

 

काठमाडौँ । इरान समर्थित हुथी विद्रोहीले इजरायलमाथि पहिलो पटक आक्रमण गरेसँगै पश्चिम एसियाको तनाव थप भयावह बनेको छ । यो द्वन्द्व विस्तार भएसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो वृद्धि देखिएको छ । ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल २.८१ प्रतिशतले बढेर ११५.७३ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य पनि ३.१४ प्रतिशतले वृद्धि भई १०२.७७ डलर कायम भएको छ ।इजरायली रक्षा बलले इरानको राजधानी तेहरानका विभिन्न स्थानमा शक्तिशाली विस्फोट गराएको छ । इरानको ऊर्जा मन्त्रालयले विद्युतीय पूर्वाधारमा भएको आक्रमणका कारण तेहरान र अल्बोर्ज प्रान्तका केही भागमा बिजुली काटिएको तर अहिले धेरैजसो ठाउँमा पुनः आपूर्ति सुचारु भएको जनाएको छ । यता इजरायलको औद्योगिक क्षेत्र नियोत होभभमा पनि मिसाइलको छर्राका कारण भीषण आगलागी भएको छ ।   खाडी क्षेत्रका कुवेत र साउदी अरबमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा समेत क्षति पुगेको खबर आएका छन् । 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।