तेहरान : इजरायलले ताङसिरीलाई निशाना बनाएको दाबी गरेको चार दिनपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले आफ्ना नौसेना कमाण्डर अलिरेजा ताङसिरीको मृत्यु भएको आधिकारिक पुष्टि गरेको बीबीसीमा उल्लेख छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स निकट मानिने तस्निम समाचार एजेन्सीद्वारा प्रकाशित विज्ञप्ति अनुसार, ताङसिरी टापु र तटीय क्षेत्रहरूको रक्षा कवचलाई सुदृढ पार्न र सैन्य बल परिचालन गर्न व्यस्त रहेका बेला घाइते भएका थिए। उपचारका क्रममा ‘चोटको गम्भीरता’ का कारण उनको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ।इरानी सेनाले आफ्ना कमाण्डरको अनुपस्थितिमा पनि ‘ इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स नेभी’ ले हर्मोज जलडमरूमा आफ्नो निर्णायक नियन्त्रण कायम राखेको र शत्रुमाथि कडा प्रहार गरिरहेको दाबी गरेको छ।








