२०८३ भाद्र २९ सोमबार
Search
२०८३ भाद्र २९ सोमबार

काठमाडौँका तत्कालीन सीडीओ रिजाल पक्राउ यस्तो छ आरोप

काठमाडौँ ।

      जेनजी आन्दोलन भूमिका खेलेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि  काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्।  उनलाई प्रहरीले मंगलबार बिहान काठमाडौँको सुविधानगरबाट पक्राउ गरेको हो । भदौ २३ र २४ गते बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनका क्रममा घातक बल प्रयोग हुँदा भएको मानवीय क्षतिको जिम्मेवार ठहर गर्दै जाँचबुझ आयोगको सिफारिस अनुसार उनलाई पक्राउ गरिएको हो।  गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले सो घटनामा तत्कालीन प्रजिअ रिजाललाई दोषी किटान गर्दै फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो। 

मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै आन्दोलन दबाउन मुख्य भूमिका खेलेको आरोपमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक यसअघि नै पक्राउ परेर अदालतबाट ५ दिन म्याद थप भइसकेको छ।  यस्तै रिजालले बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भन्दै तीव्र आलोचना हुँदै आएको थियो।
जाँचबुझ आयोगको प्रतिवेदनअनुसार तत्कालीन प्रजिअ रिजालमाथि मुख्यतया पदीय जिम्मेवारीमा गम्भीर ‘हेलचेक्र्याइँ’ गरेको आरोप छ। बानेश्वरमा झण्डै चार घण्टासम्म सुरक्षाकर्मीले लगातार गोली चलाउँदा र प्रदर्शनकारीहरूको ज्यान जाँदा पनि प्रजिअको हैसियतमा गोली रोक्न वा स्थिति सामान्य बनाउन उनले कुनै प्रभावकारी पहल नगरेको आयोगको ठहर छ।
 त्यस्तै, कर्फ्यु आदेश जारी गरिसकेपछि पनि सुरक्षा निकायहरूबीच प्रभावकारी समन्वय गराउन नसकेको र बल प्रयोगको सिद्धान्त पालना गराउन पूर्ण रूपमा असफल भएको प्रतिवेदनमा औँल्याइएको छ। अधिकारीहरूकै पूर्ण हेलचेक्र्याइँका कारण मानवीय क्षति हुन पुगेको निष्कर्ष निकाल्दै आयोगले रिजाललगायतमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८२ को उपदफा (१) अनुसार कानुन बमोजिम अनुसन्धान गरी अभियोजन गर्न सरकारलाई सिफारिस गरेको थियो।
 
 
 

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।