२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

अधिकारका लागि संघसँग लडाइँ जारी छ प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

 

पोखरा । 
मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  विगत देखि नै प्रदेश र स्थानीय तहका अधिकारका लागि लडाइँ रहेकोले अहिले पनि त्यो कायम रहेको बताए ।‘विगतका संघीय सरकारहरूसँग पनि हाम्रा प्रदेश सरकारहरूले जे जति हामीले अधिकार प्राप्तिका लागि आवाज उठायौं । चाहे त्यो राजनीतिक अधिकार भन्नुस्, चाहे प्रशासनिक अधिकार भन्नुस्, चाहे वित्तीय अधिकार भन्नुस्, विगत ३ वर्ष ४ वर्षदेखि हामीले आफ्नो आवाज उठाउँदै आएका छौँ,’ उनले भने, ‘गण्डकी प्रदेशले त्यसको नेतृत्व नै गरेको छ । यहाँहरूलाई पनि अवगत भएकै कुरा हो । त्यो लडाइँ कायम छ ।’  उनले प्रदेशलाई दिनुपर्ने अधिकार प्राप्तिका लागि मुख्यमन्त्रीहरूको भेला राखेरै संघ सरकारको ध्यानाकर्षण गराउने बताए । ‘अब छिट्टै हामीले ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक राखेर फेरि हाम्रा कन्सर्नहरू, हाम्रा चासोहरू र संविधानमा लेखिएका तर हामीले प्राप्त गर्न नसकिएका कानुनी अधिकारहरूका बारेमा संघ सरकारलाई सुनाउछौं,’ अघि भने, ‘चाहे त्यो प्रहरी सम्बन्धी ऐन भन्नुस्, चाहे यो कर्मचारी ऐन भन्नुस्, चाहे शिक्षा ऐन लगायतका अथवा जग्गा प्राप्तिका कुरा, ऐन जे छ । त्यसलाई फेरि नयाँ आएको सरकार समक्ष पनि हामीले राख्नेछौँ ।’

 

 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।