२०८३ श्रावण १५ शुक्रबार
Search
२०८३ श्रावण १५ शुक्रबार

दिलभूषण पाठकले पाए सफाइ

पत्रकार दिलभूषण पाठकले  बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले पाठकको मुद्दामा दाबी नपुग्ने आदेश गरी सफाइ दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

उनीविरूद्ध साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको भन्दै मुद्दा दायर भएको थियो। उनले आफ्नो युट्युब च्यानलमा ‘टफ टक विथ दिलभूषण पाठक’मार्फत तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर देउवाको लगानी हिलटन होटलसँग भएको भनेर प्रसारण गरेका थिए।

त्यस भिडिओ प्रसारण गरेपछि साइबर ब्युरोमा जयविरले उजुरी गरेका थिए। जिल्ला अदालतमा गत असार १८ गते मुद्दा दायर भएको थियो।

अहिले जिल्ला अदालत काठमाडौंले दाबी नपुग्ने आदेश गरेको हो। यसअघि थुनछेक आदेश हुँदा उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।