२०८३ श्रावण १५ शुक्रबार
Search
२०८३ श्रावण १५ शुक्रबार

बादलले सम्हाल्नेछन् अब एमालेको संसदीय कमान

नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा बुधबार च्यासलमा बसेको संसदीय दल को बैठकपछि नेता चयन गर्न निर्वाचन भएको थियो। सांसदहरू बादल र सुहाङ नेम्वाङले फारम लगे पनि बादलले मात्र बुझाएको निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

उनका अनुसार अपराह्न ४ बजेसम्म फारम बुझाउने समय थियो। त्यो अवधिमा एक जनाले मात्र फारम बुझाए। त्यसपछि बादल निर्विरोध रूपमा संसदीय दल को नेता निर्वाचित भएको आचार्यले जानकारी दिए।

सुहाङले आजै बसेको संसदीय दल को बैठकमा युवालाई अघि बढाउनुपर्ने बताएका थिए। साथै, आफू संसदीय दल को नेता बन्न इच्छा राखेका थिए।

एक नेताका अनुसार धनकुटाका राजेन्द्र राई र संखुवासभाका अर्जुन कार्कीले समर्थक र प्रस्तावक बस्ने वचन दिएकाले सुहाङले उम्मेदवारी दिन फारमसमेत लगेका थिए।

फारम बुझाउने बेला महासचिव शंकर पोखरेलले सांसदहरू राई र कार्कीलाई छलफलका लागि भन्दै लगेपछि सुहाङ प्रस्तावक र समर्थकविहीन बने र फारम नै दर्ता गर्न पाएनन्।

नेकपा एमालेले गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित नतिजा ल्याउन सकेन। पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित चुनाव उठेका ११ जना पदाधिकारी पराजित भए। पूर्वपदाधिकारी, पूर्वस्थायी कमिटी सदस्य समेतले चुनाव जित्न सकेनन्। पूर्वपोलिटब्युरो सदस्य गणेश ठगुन्नाबाहेक अधिकांश पराजित भए।

 

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।