२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

एमाले नेता महासचिव पोखरेलको पुत्ला दहन

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर पोखरेलको पुत्ला दहन गरेका छन् । संसदीय दलको नेतामा सुहाङ नेम्वाङलाई बलजफती पाखा लगाएपछि पार्टी निकट युवाहरु विरोधमा उत्रिएका हुन् । अस्कल क्याम्पसबाट सुरु भएको प्रदर्शन पार्टी कार्यलय च्यासलसम्म पुगेको थियो । युवाहरुले पार्टी कार्यलय अगाडि महासचिव पोखरेलको पुत्ला दहन गरेका हुन् । सो क्रममा पोखरेलविरुद्ध नाराबाजी गर्दै राजीनामा समेत माग गरिएकाे थियाे । एमालेले बुधबार मात्रै पार्टी संसदीय दलको नेतामा रामबहादुर थापालाई चयन गरेको थियो । युवा नेता सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी गरेका थिए ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।