२०८३ कार्तिक १४ शुक्रबार
Search
२०८३ कार्तिक १४ शुक्रबार

चैत २६ गते ओली र लेखक हिरासतमुक्त हुदै

चैत्र २४, कामाण्डौ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रक्रिया पूरा गरी हिरासत मुक्त गर्न परमादेश दिएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले दिएको परमादेशयुक्त आदेशका कारण चैत २६ गते ओली र लेखक हिरासतमुक्त हुने छन् । परमादेश आदेशमा भनिएको छ, ‘ओली र लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्मन्न गरी जो जे गर्नुपर्ने हो। गर्नू,गराउनू ।’

काठमाडौं जिल्ला अदालतबाट ओली र लेखकविरुद्ध पछिल्लोपटक ५ दिनको म्याद थपेको छ । सर्वोच्च थपिएको उक्त म्याद अर्थात् चैत २६ गतेभित्र अनुसन्धान गरिसक्न र सो समयसीमाभित्र अनुसन्धान हुन नसके हिरासतमुक्त गर्न आदेश गरेको हो । जिल्ला अदालतले चैत २२ देखि लागू हुने गरी तेस्रोपटक ५ दिनको म्याद आइतबार थपेको थियो ।  चैत १४ गते ज्यानसम्बन्धी कसुर समेतको मुद्दाको अनुसन्धानको सिलसिलामा ओली गुण्डुबाट र लेखकलाई कटुञ्जेबाटै पक्राउ गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा जारी भएको जरुरी पक्राउ पुर्जीलाई काठमाडौं जिल्ला अदालतबाट स्वीकृति दिएको थियो । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।