२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

आर्टेमिस–२ यानले नयाँ कीर्तिमान कायम, २५२७६० वर्गमाइल पुगेर लिएको दृश्य

 

 

   नासाको ‘आर्टेमिस-२’ मिसनमार्फत चन्द्रमाको परिक्रमा गरिरहेका अन्तरिक्षयात्रीहरूले चन्द्रमाको पछाडिबाट पृथ्वीको मनमोहक दृश्य अवलोकन गरेका छन्।

मानव इतिहासमै पृथ्वीबाट सबैभन्दा टाढा पुगेर नयाँ कीर्तिमान कायम गरेका उनीहरूले अन्तरिक्षको अन्धकारमा पृथ्वी उदाउँदै र अस्ताउँदै गरेको मनमोहक दृश्य देखेका हुन्।

सोमबार ओरियन अन्तरिक्ष यानले चन्द्रमाको नदेखिने भागको परिक्रमा गर्दा अन्तरिक्षयात्रीहरूले पृथ्वीलाई चन्द्रमाको क्षितिज पछाडि लुक्दै गरेको देखेका थिए।

नासाका अनुसार अन्तरिक्षयात्रीहरूले नांगो आँखाले पृथ्वीको रङ, बनावट र सतहका सुक्ष्म परिवर्तनहरूलाई अत्यन्तै स्पष्ट रूपमा नियालेका छन्।यही रोमाञ्चक परिक्रमाका क्रममा आर्टेमिस-२ का चारै जना अन्तरिक्षयात्रीले ५४ वर्ष पुरानो ‘अपोलो १३’ को रेकर्ड पनि तोडेका छन्।

सन् १९७० मा अपोलो १३ मिसन पृथ्वीबाट २ लाख ४८ हजार ६५५ माइल टाढा पुगेर कीर्तिमान बनाएको थियो। तर, आर्टेमिस–२ यान पृथ्वीबाट अधिकतम २ लाख ५२ हजार ७६० माइल टाढा पुगेको छ। यो अघिल्लो रेकर्डभन्दा करिब ४ हजार १०५ माइल बढी हो।

यस ऐतिहासिक क्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्षयात्रीहरूलाई टेलिफोन गरी बधाई दिएका छन्। करिब १२ मिनेट लामो कुराकानीमा ट्रम्पले अन्तरिक्षयात्रीहरूको साहस र प्रतिभाको प्रशंसा गर्दै उनीहरू आधुनिक युगका पथप्रदर्शक भएको बताए।

गत अप्रिल १ मा फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको यो मिसनमा नासाका रिड वाइसम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानडाका जेरेमी ह्यान्सेन सहभागी छन्।

चन्द्रमाको परिक्रमा र आवश्यक प्राविधिक परीक्षणहरू सफलतापूर्वक सम्पन्न गर्दै ओरियन यान अब पृथ्वीतर्फ फर्किरहेको छ। यो टोली शुक्रबार सान डिएगोको तट नजिकै प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण गर्ने तालिका रहेको छ।

हेराैं तस्बिरहरु, सबै तस्बिर: नासा

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।