२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

ट्रम्पद्वारा नागरिक पूर्वाधारमा आक्रमण गर्ने धम्की फिर्ता

 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इरानका पुल, पावर प्लान्ट र नागरिक लक्ष्यहरूमा आक्रमण गर्ने आफ्नो कडा धम्कीबाट पछि हटेका छन्। 

इरानले दुई हप्ताको युद्धविराम र रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्ने प्रस्ताव गरेको भन्दै ट्रम्पले यस्तो जानकारी दिएका हुन्।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इरानले वार्ताका लागि व्यावहारिक आधार प्रस्तुत गरेको छ।’ उनले इरानको १० बुँदे शान्ति योजनाले फेब्रुअरी २८ देखि सुरु भएको युद्ध अन्त्य गर्न मद्दत गर्ने आशा व्यक्त गरे। उनले थपे, ‘दुई हप्ताको अवधिमा सम्झौतालाई अन्तिम रूप दिइनेछ र यसबीच इरानमाथिको बमबारी स्थगित गरिनेछ।’

यसअघि ट्रम्पले इरानले सम्झौता नगरे ‘आज राति सम्पूर्ण सभ्यता मर्नेछ’ भन्दै चेतावनी दिएका थिए। उनको सो टिप्पणीको चौतर्फी आलोचना भएको थियो। संयुक्त राष्ट्रसंघका लागि इरानी प्रतिनिधि अमिर-सइद इरावानीले ट्रम्पको धम्कीलाई ‘युद्ध अपराध र नरसंहारको उक्साहट’ भन्दै आक्रमण भएमा कडा जवाफ दिने बताएका थिए।  एजेन्सी

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।