२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले दिए राजीनामा

 

सुर्खेत ।

कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले अन्ततः राजीनामा पेस गरेका छन् । ६५ वर्ष उमेर पूरा भए पनि पदमा टाँसिरहन सङ्घर्ष गरिरहेका बुढाथोकीको विषयमा सञ्चार माध्यम र सार्वजनिक रूपमा व्यापक प्रश्न उठेको थियो । चर्को दबाबपछि अन्ततः उनी राजीनामा दिन तयार भएका हुन् ।

स्रोतका अनुसार, उनले मंगलबार साँझपख प्रदेश सभाकै एक कर्मचारीलाई एकान्तमा खटाएर राजीनामा पत्र तयार पारेका हुन् । उनको राजीनामा प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेको छ । प्रदेश प्रमुखको कार्यालयका एक अधिकारीले बुढाथोकीको राजीनामा आएको लाल बिहानीलाई पुष्टि गरे ।

‘हिजो साँझपख निवेदनचाहिँ आएको छ,’ ती अधिकारीले भने, ‘यद्यपि प्रदेश प्रमुखज्यू बाहिर हुनुहुन्छ । उहाँ केही दिनपछि आउनुहुन्छ, उहाँ आएपछि छलफल वा निर्णय होला ।’

प्रदेश प्रमुख यज्ञराज जोशी केही दिनअघि आफ्नो घर कञ्चनपुर गएका छन् । उनी फर्किन केही दिन लाग्ने हुँदा राजीनामा स्वीकृत हुन पनि समय लाग्ने देखिन्छ ।
 
Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।