२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

इन्धनको मूल्यवृद्धिपछि भाडा बढाइयो सार्वजनिक यातायातले

 

सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरिएको छ । पेट्रोलियम पदार्थको भाउ वृद्धि भएसँगै सरकारले सार्वजनिक सवारीसाधनको यात्रु भाडादर र मालवाहक ट्रकको ढुवानी भाडादर पनि वृद्धि गरेको हो । बुधबारबाट लागू हुने गरी सार्वजनिक सवारीसाधनको यात्रु भाडादर १६.७१ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ढुवानी भाडादर १५.७५ प्रतिशत र पहाडी बाटोमा सञ्चालन हुने मालवाहक ट्रकको ढुवानी भाडादर २१.६८ प्रतिशत बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

India Truck Images – Browse 9,720 Stock Photos, Vectors, and ...

भाडादर निर्धारणका १३ वटा सूचकहरूमा भएको फेरबदललाई आधार मानेर भाडा समायोजन गरिएको विभागले स्पष्ट पारेको छ । त्यसमध्ये इन्धनको भाउ ५ प्रतिशत घटबढ हुँदा मूल्य समायोजन हुने मापदण्ड छ । चैत महिनालागेयता पेट्रोल ४५ र डिजेल ४० रुपैयाँ प्रतिलिटर महँगिएको छ । त्यसैले, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालको अग्रसरतामा सवारी भाडा वृद्धिको निर्णय गरिएको हो ।

विभागले यसअघि २२ पुस, ०८१ मा सवारीसाधनको भाडादर समायोजन गरेको थियो । त्यसयता बजारमूल्यमा आएका परिवर्तन र इन्धनको भाउमा भएको वृद्धिलाई आधार मानेर यसपटक भाडादर समायोजन गरेको विभागले जनाएको छ । हाल निर्धारित भाडादर विद्युतीय सवारीसाधनको हकमा भने लागू नहुने पनि विभागले स्पष्ट पारेको छ ।

यातायात व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले मापदण्डअनुसार भाडादर समायोजन गरिएको बताए । ‘सरकारी निकायसँग उचित समन्वय गरेर नयाँ भाडादर लागू भएको छ,’ उनले भने, ‘पेट्रोलियम पदार्थमा भएको उच्च मूल्यवृद्धिका कारण भाडा समायोजन गरिएको आमउपभोक्ताले पनि बुझ्नुहुन्छ भन्ने विश्वास छ ।’

एक महिनायता पेट्रोल र डिजेलको मूल्यमा क्रमशः ४५ र ४० रुपैयाँ बढेका कारण समायोजनको विकल्प नभएको पनि उनले बताए । ‘काठमाडौंबाट काँकडभिट्टा जाने बसले तीन सय ५० लिटर तेल खपत गर्छ । त्यसबाट एक ट्रिपमा १२–१३ हजार रुपैयाँ नोक्सानी भइरहेको थियो,’ उनले भने, ‘अहिलेको समायोजनले केही सहज स्थिति बनेको छ ।’

सबैभन्दा बढी काठमाडौं–बाजुरा ५२ सय ६४ भाडादर कायम
लामो दूरीका सवारीसाधनको भाडादर सबैभन्दा बढी काठमाडौंबाट अत्तरिया हुँदै बाजुराको बार्तडी बजार पुग्ने सुपर डिलक्सको प्रतियात्रु पाँच हजार दुई सय ६४ रुपैयाँ निर्धारण गरिएको छ । त्यसपछि काठमाडौंबाट अत्तरिया हुँदै बझाङको चैनपुर पुग्ने यात्रुले सुपर डिलक्स भाडादरबापत पाँच हजार दुई सय ३५ रुपैयाँ तिर्नुपर्ने भाडादर कायम भएको छ ।

त्यस्तै, काठमाडौंबाट धनगढी–सीतागढी–साँफेबगरसम्मको सुपर डिलक्स भाडादर चार हजार सात सय ९१ रुपैयाँ कायम भएको छ । काठमाडौंबाट अत्तरिया–डडेल्धुरा–बैतडीसम्मको सुपर डिलक्स भाडादर प्रतियात्रु चार हजार पाँच सय ६२ रुपैयाँ पुगेको छ । पश्चिम महेन्द्रनगरदेखि पूर्व काँकडभिट्टासम्मको सुपर डिलक्स बस भाडा प्रतियात्रु चार हजार चार सय दुई रुपैयाँ छ । त्यस्तै, काठमाडौंबाट विराटनगर पुग्न दुई हजार ६ सय ८६, जनकपुर पुग्न एक हजार आठ सय ८१, पोखरा पुग्न एक हजार ९६, बुटवल पुग्न १३ सय २७, सुर्खेत पुग्न ३ हजार ९६ र धनगढी पुग्न ३३ सय ७९ रुपैयाँ भाडादर निर्धारण गरिएको छ । 

प्रति यात्रु कति बढ्यो ?
तराईको लामो रुटमा प्रतिव्यक्ति प्रतिकिलोमिटर २.९३ रुपैयाँ रहेकोमा बढाएर ३.४२ रुपैयाँ कायम भएको छ । तराईको छोटो रुटमा प्रतिव्यक्ति प्रतिकिलोमिटर तीन रुपैयाँ रहेकोमा बढाएर ३.५ रुपैयाँ तथा काठमाडौं–पोखरा र पोखरा–नारायणगढ खण्डका लागि प्रतिव्यक्ति प्रतिकिमि ३.२४ रुपैयाँ रहेकोमा बढाएर ३.७८ रुपैयाँ कायम भएको छ । मालवालहकतर्फ तराईमा प्रतिकिमि प्रतिटन ७.७२ रहेकोमा ८.९३ र पहालमा प्रतिकिमि प्रतिटन १४.७७ रहेकोमा बढाएर १७.९७ कायम भएको छ ।

 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।