२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

उपसभामुखमा रास्वपाले गर्‍यो श्रम संस्कृतिकी उम्मेदवारलाई समर्थन

 

 उपसभामुख पदका लागि आज मनोनयन भएको छ । श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उपसभामुख पदमा उम्मेदवारी दिएका छन् । श्रम संस्कृतिबाट सांसद रूविकुमारी ठाकुर र राप्रपाबाट सांसद सरस्वती लामा उपसभामुख पदमा उम्मेदवार छन् ।

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीको उम्मेदवारलाई सघाउने भएको छ । श्रम संस्कृतिबाट सांसद आरेन राई प्रस्तावक र रास्वपा सांसद अशोककुमार चौधरी समर्थक रहेर उपसभामुख पदमा ठाकुरको उम्मेदवारी परेको छ।

लामाको भने प्रस्तावक र समर्थक राप्रपाकै छन् ।

राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले आज पत्रकारहरूसँग कुराकानी गर्दै रास्वपाले उपसभामुख पदमा राप्रपाका उम्मेदवारलाई सहयोग गर्ने कुरा बताएका थिए । ‘उपसभामुख पदमा राप्रपाले उम्मेदवारी दिओस्, हामी समर्थन गर्छौं भनेर रास्वपा सभापति रवि लामिछानेले भन्नुभएको छ,’ शाहीले भनेका थिए।

सोही आधारमा रास्वपाले राप्रपाका उम्मेदवारलाई उपसभामुखमा समर्थन गर्ने खबर आएका थिए ।

प्रतिनिधि सभामा श्रम संस्कृति र राप्रपा प्रतिपक्षी दल हुन्। श्रम संस्कृतिका ७ र राप्रपाका ५ जना सांसद छन् ।

सभामुखमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल चैत २२ गते निर्विरोध भएका थिए। एकै दलबाट सभामुख र उपसभामुख बन्न मिल्दैन ।

त्यसैले रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीलाई सहयोग गर्ने भएको हो ।

रास्वपा प्रवक्ता मनिष झाले उपसभामुख पदमा श्रम संस्कृति पार्टीलाई सहयोग गर्ने निर्णय भएको बताए ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।