२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

 

    वि.सं.२०८२ साल चैत्र २७ गते । शुक्रबार । इस्वी सन् २०२६ अप्रिल १० तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । वैशाख कृष्णपक्ष । तिथि–अष्टमी, ३५ घडी ४२ पला, बेलुकी ८ बजेर ४ मिनेट उप्रान्त नवमी । नक्षत्र–पूर्वाषाढा, ७ घडी ४३ पला, बिहान ८ बजेर ५२ मिनेट उप्रान्त उत्तराषाढा । योग–शिव, २६ घडी ६ पला, बेलुकी ४ बजेर १२ मिनेट उप्रान्त सिद्ध । करण–बालव, बिहान ७ बजेर २१ मिनेट उप्रान्त कौलव, बेलुकी ८ बजेर ४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–धनु ,दिउसो ३ बजेर २३ मिनेट उप्रान्त मकर ।

 

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धर्म तथा अध्यात्म क्षेत्रसँग सम्बन्धित सामानको व्यापारमा वृद्धि हुनेछ । वित्तीय क्षेत्रको लगानी फस्टाएर जानेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासिल गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रेम सम्बन्ध सुमधुर रहने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ ।  धनधान्य तथा सुखमा वृद्धि हुनेछ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडीहरूले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरू कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरूसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरू तपाईँदेखि टाढिन सक्छन् । साँझपख समय राम्रो रहेकोले व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । छोटो दुरीको धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ ।  
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घरायसी सेवा सुविधाको उपयोग गरी अगाडी बढ्न सकिनेछ । आफन्त तथा साथिभाईको सहयोग पाइने योग रहेको छ । व्यापारमा वा शेयर बजारबाट मनग्गे आम्दानी गरी आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने विपरीत लिङ्गको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् । व्यापार तथा शेयर बजारको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । साँझखप यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यतित हुनेछ ।  
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर परिवारका साथ रमाइलो गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा राम्रा काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । उपहार तथा बिलासी सामान प्राप्तिको गतिलो योग रहेको छ । वंश वृद्धिको योग रहको छ भने सन्तानको प्रगति देखेर मन रमाउनेछ । बौद्धिक क्षेत्र फराकिलो हुने हुनाले सिर्जनात्मक कार्य गर्न सकिनेछ । अध्ययन अध्यापनको सवालमा आन्तरिक तथा बाह्य यात्राको तय हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । विश्वास गरेकै मानिसबाट धोका पाइनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाब बढ्ने योग रहेको छ । घरजग्गाको काममा मन्दीको सामान गर्नुपर्नेछ ।  साँझपख कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । परिवारका साथ रमाइलो यात्रामा निस्कन सकिनेछ भने खानपानमा समय व्यतित हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफ्नै मेहनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशीलताका साथ गरिने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाइ तथा छिमेकीको सँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार वा वित्तीय क्षेत्रमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । साँझपख रमाइलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कलात्मक तथा रचनात्मक काम सुरु गरी भविष्यमा आयस्रोतका बाटाहरू सुरक्षित गर्न सकिनेछ । राजनीतिज्ञको लागी समय फलदायी रहेकोले पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापार तथा शेयर बजारमा लगानी गर्नेहरूले मनग्गे नाफा कमाउन सक्नेछन् । विद्यार्थीहरुले खोजमूलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडीहरूका लागी समय उत्तम रहेको छ । साँझपख परिवारका साथ बाहिरी निस्किएर मिष्ठान्न भोजनमा रमाउन सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेको छ । तर पनि छोटो दुरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । साँझपख समय राम्रो रहेकोले सामाजिक वा कल्याणकारी काम गरी नाम कमाउन सकिनेछ । अध्ययनमा मन जानेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यवसायमा वा शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजीमा हुनेहरूले काम पाउने प्रशस्त सम्भावना रहेको छ । काम गर्ने ठाउँमा तपाईँको कामको प्रशंसा हुनेछ ।

 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।