२०८३ कार्तिक १७ सोमबार
Search
२०८३ कार्तिक १७ सोमबार

हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी चल्ने

 

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका जिल्लाहरूमा भने अहिले मौसम सामान्यतया सफा नै देखिएको छ।

शनिबारको मौसम हेर्दा कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रसहित देशका अन्य हिमाली भू-भागमा साधारणतया बादल लाग्ने देखिएको छ। कोशी प्रदेशको तराई क्षेत्र र अन्य पहाडी भू-भागमा आंशिक बदली हुने भए पनि बाँकी तराईका क्षेत्रमा मौसम सफा रहनेछ। 

यद्यपि, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना छ। कोशी र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना पनि छ।

लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा हुरीबतासको चेतावनी
विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आज हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। पहाडमा वर्षा र तराईमा हावाहुरीको यो मिश्रित प्रभावले जनजीवनमा सामान्य असर पर्न सक्ने देखिएको छ।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।