२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

इजरायली आक्रमणमा १३ लेबनानी सुरक्षाकर्मीको मृत्यु,

 

बेरुत :  दक्षिणी लेबनानको नबातियेह सहरमा भएको इजरायली आक्रमणमा १३ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको लेबनानी राष्ट्रपति कार्यालयले जनाएको छ। सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक विज्ञप्ति जारी गर्दै लेबनानी राष्ट्रपति जोसेफ आउनले उक्त आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार इजरायली सैन्य कारबाहीमा सुरक्षा निकायका सदस्यहरूले ज्यान गुमाएका हुन्। यद्यपि, यस घटनाबारे इजरायली सेनाले हालसम्म आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन । अर्कोतर्फ, इजरायली सेनाले पनि ‘एक्स’ मै एक बयान जारी गर्दै दक्षिणी लेबनानमा एउटा विस्फोटक ड्रोन खस्दा आफ्ना एक सैनिक गम्भीर घाइते भएको दाबी गरेको छ। उक्त घटनामा अर्का एक सैनिक सामान्य घाइते भएका छन् । इजरायली सेनाका अनुसार घाइते दुवै सैनिकलाई उपचारका लागि अस्पताल लगिएको छ र उनीहरूका परिवारलाई यसबारे जानकारी गराइसकिएको छ। पछिल्लो समय लेबनान र इजरायल सीमा क्षेत्रमा तनाव र सैन्य मुठभेडका घटनाहरू तीव्र रूपमा बढिरहेका छन्।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।