काठमाडौं : कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वर्ल्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरु गरेको छ। यस अवसरमा राजधानीमा आयोजित कार्यक्रममा खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी भएका थिए।
कार्यक्रममा कोका–कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर सार्वजनिक गरियो। साथै, फिफा वर्ल्ड कप २०२६ का स्टारहरू, अभियानसँग सम्बन्धित अडियो–भिजुअल सामग्री प्रस्तुत गरियो। छिट्टै बजारमा आउने सीमित संस्करणका आधिकारिक कोका–कोला फिफा प्याकहरूको पहिलो झलक पनि देखाइएको थियो।
कार्यक्रममा बोल्दै बोतलर्स नेपालका प्रबन्ध निर्देशक अजय कोनालेले भने, “यो अभियान केवल फुटबलको उत्सव मात्र होइन, फिफाको विश्वव्यापी आकर्षणलाई नेपाली उपभोक्ताको जीवनसँग जोड्ने प्रयास पनि हो। विशेष कोका–कोला फिफा प्याक, रोमाञ्चक गतिविधि र विभिन्न सरप्राइजमार्फत हामी उपभोक्तालाई अविस्मरणीय अनुभव दिन चाहन्छौं। यसले ब्रान्डप्रतिको आकर्षण बढाउनुका साथै समर्थकहरूको खुशीका क्षणहरूमा कोका–कोलाको भूमिका अझ बलियो बनाउनेछ।”
कार्यक्रमको अन्त्यमा फिफा वर्ल्ड कप २०२६ थिममा आधारित नयाँ प्याकेजिङ सार्वजनिक गरियो। साथै, कोका–कोलाको आधिकारिक गीत (एन्थेम), फिफा वर्ल्ड कप टिभीसी र अन्य प्रचार सामग्री पनि प्रदर्शन गरियो। कोका–कोलाको फिफासँगको सहकार्य विश्व खेलकुदकै सबैभन्दा लामो साझेदारीमध्ये एक हो। यो सम्बन्ध सन् १९७४ मा सुरु भएको हो भने सन् १९७८ देखि कोका–कोला फिफा विश्वकपको आधिकारिक प्रायोजक रहँदै आएको छ। नेपालमा पनि यो ब्रान्ड पाँच दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको छ। यस नयाँ अभियानको उद्देश्य विश्वव्यापी फुटबल संस्कृतिलाई नेपाली दर्शकहरूको उत्साहसँग जोड्नु हो।








