२०८३ कार्तिक १४ शुक्रबार
Search
२०८३ कार्तिक १४ शुक्रबार

इरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा

 

काठमाडौं : 

इरानी सेनाको नियन्त्रणमा रहेका उदयपुरको गाईघाटका अमृत झा रिहा भएका छन् ।

 

कतारस्थित नेपाली दूतावासले अमृत झा रिहा भएको परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखालाई जानकारी गराएको छ। अमृतकी दिदी पूजा झाले पनि भाइ रिहा भएको जानकारी पाएको बताएकी छन् । तेल लिन जाने क्रममा उदयपुर गाईघाटका ३० वर्षीय अमृत झा सहित ७ जनालाई इरानी सुरक्षाकर्मीले हर्मुजभन्दा माथि रहेको समुद्री आइल्यान्ड केशनबाट पक्राउ गरेको थियो ।

गएको मार्च २१ तारिखका दिन दक्षिणी इरानको स्ट्रेट अफ हर्मुज क्षेत्रबाट उदयपुरको त्रियुगा नगरपालिकाका ३२ वर्षीय अमृत झालाई कब्जामा लिइएको खबर आएको थियो। उनी त्यहाँ पानीजहाज चालकका रूपमा काम गर्थे।

इरानले स्ट्रेट अफ हर्मुजबाट पानीजहाज कब्जामा लिँदा त्यो सँगसँगै चालक दलका सदस्य झा पनि कब्जामा परेका थिए।

उनलाई स्ट्रेट अफ हर्मुजमै पर्ने केशम भन्ने एउटा टापुमा ल्याएर छाडिएको परराष्ट्र मन्त्री खनालले जानकारी दिए।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।