काठमाडौं :
बिहीबार कोशी प्रदेशको पहाडी भू-भाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
बिहीबार राति कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।








