२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

राप्रपाले सोध्यो २ नेतालाई ७२ घन्टे स्पष्टीकरण

 

काठमाण्डौ

राष्ट्रिय प्रजातन्त्र पार्टीको अनुशासन समितिले दुई जना नेताहरूलाई ७२ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

पार्टीकी उपाध्यक्षसमेत रहेकी अनुशासन समिति अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बुधबार बसेको अनुशासन समिति बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी (चम्पा) लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

उनीहरूमाथि प्रतिनिधि सभा निर्वाचनको मुखमा पार्टीको समानुपातिक सूचीको खिलापमा लागेको र चुनाव नजिकिएका बेला पार्टी केन्द्रीय कार्यालयमा धर्ना बसेर ‘भ्रम’ पैदा गरेको आरोप छ।

पार्टीको आन्तरिक विषय पार्टीभित्रै समाधान खोज्नुपर्नेमा उनीहरू प्रहरी प्रशासन तथा अदालतमा गएर पार्टी हितविपरीत काम गरेको आरोपसमेत छ।

साथै पार्टीका महिला नेताहरूलाई व्यक्तिगत लाञ्छना लगाउने कार्य गरेको पाइएको समेत आरोप छ । उनीहरूले बागमती प्रदेश सांसद कुमारी मोक्तान, महिला संगठनकी अन्जु सुवेदीसहित ६ जना नेताहरूमाथि प्रहरी तथा प्रशासनमा उजुरी दिएको पाइएकोसमेत अनुशासन समितिले जनाएको छ।

राप्रपाको समानुपातिक सूचीमा सरस्वती लामा लगायतको नाम राखेको भन्दै सूची सच्याउन मागसहित उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका थिए । समानुपातिक सूचीमा देखिएको परिवारवाद र अवसरवादको विरोध गर्दै आफूहरू अनसन बसेको उनीहरूको भनाइ थियो। 

राप्रपाले निर्वाचन आयोगमा बुझाएको सूचीमा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामा तथा नेता खुश्बु ओली लगायतका नाम समावेश गरिएकोमा असन्तुष्टि जनाउँदै महिला नेताहरूले अनसन बसेका थिए।  लामा र ओली दुवै समानुपातिकतर्फबाट राप्रपा सांसद छन्।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।