२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

आज मातातीर्थ औंसी : यस्तो छ तपाईंको राशिफल

 

आजको पञ्चाङ्ग

  • वि.सं.: २०८३ साल वैशाख ४ गते, शुक्रबार ।
  • ईश्वी सन्: २०२६ अप्रिल १७ तारिख ।
  • नेपाल संवत्: ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ ।
  • तिथि: वैशाख कृष्णपक्ष औंसी, ३० घडी ४ पला, बेलुकी ५:४२ बजे उप्रान्त प्रतिपदा ।
  • नक्षत्र: रेवती, १६ घडी २८ पला, मध्याह्न १२:१५ बजे उप्रान्त अश्विनी ।
  • योग: वैधृति, ४ घडी ३६ पला, बिहान ८:३० बजे उप्रान्त विष्कुम्भ ।
  • करण: चतुष्पद, बिहान ६:३४ बजे उप्रान्त नाग, बेलुकी ५:४२ बजे उप्रान्त किंस्तुघ्न ।
  • आनन्दादि योग: श्रीवत्स योग ।
  • चन्द्रराशि: मीन, मध्याह्न १२:१५ बजे उप्रान्त मेष ।

आजको राशिफल

  • मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

बिहानको समय मध्यम रहेकोले अनावश्यक खर्च बढ्ने योग रहेको छ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतीत गर्नुपर्दा मन खिन्न हुनेछ । माया–प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्याह्नबाट समयमा सुधार आउने हुनाले विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा विलासी वस्तुहरूको प्रयोगमार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ । वित्तीय क्षेत्रबाट न्यून भए पनि नाफा कमाउन सकिनेछ ।

  • वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

स्वास्थ्य सामग्री तथा खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विदेशी सामानको व्यापार–व्यवसाय फस्टाएर जानेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दूरीको यात्रा तय गर्न सकिनेछ । माया–प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । पैतृक तथा प्राकृतिक स्रोत–साधनको प्रयोगमार्फत आम्दानीमा वृद्धि गर्न सकिनेछ । परिवारका साथ भेटघाट हुने तथा खानपानमा समय व्यतीत हुनेछ ।

  • मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

आर्थिक अवस्था उकास्न गरिने क्रियाकलापहरू फस्टाएर जानेछन् । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाइको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मीयताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । उद्योग तथा सेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ । अग्रज तथा आमाबाट आशीर्वाद पाइनेछ ।

  • कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ । प्रयत्न गरेका काम छिट्टै पूरा हुनेछन् भने समयको सदुपयोग गरी मनग्य लाभ लिन सकिनेछ । साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन् । प्रतिष्ठा, मान–सम्मान आदि प्राप्त हुनेछ । नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला ।

  • सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । मध्याह्नबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

  • कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ । आफन्त तथा दिदीबहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । व्यापार तथा सेयर बजारमा उल्लेख्य वृद्धि हुनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्म प्राप्तिको निमित्त लामो दूरीको यात्रा तय हुनेछ । लेखन तथा साहित्यमा बाँकी रहेका कामहरू फत्ते गर्न सकिनेछ ।

  • तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

भौतिक सम्पत्ति तथा विलासी वस्तुको व्यापार–व्यवसायबाट मनग्य आम्दानी गर्न सकिनेछ । सेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । व्यवसायकै सिलसिलामा यात्रा तय गर्न सकिनेछ । माया–प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोगमार्फत अधिकार स्थापित गर्न सकिनेछ ।

  • वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै नतिजा आफ्नै पोल्टामा पार्न सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नाले मन उत्साहित हुनेछ । शत्रु परास्त हुने तथा न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउनेछन् । स्रोत–साधन जुटाउँदै व्यापारमा लगानी गरी मनग्य धन आर्जन गर्न सकिनेछ । उद्योग तथा सेयर बजारमा लगानी गरी थोरै भए पनि नाफा कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

  • धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

राम्रा काम गरी अरूको विश्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरू समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोगमार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै विजय भइनेछ । बैंक तथा वित्तीय क्षेत्रको लगानी अथवा त्यससँग सम्बन्धित कामहरूबाट सन्तुष्टि मिल्नेछ । बिहानको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

  • मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

बिहानको समय राम्रो रहेकोले कृषि तथा पशुपालन क्षेत्रको व्यवसाय फस्टाएर जाने हुनाले आम्दानी बढाउन सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । मध्याह्नबाट राज्यको संयन्त्र (मेकानिजम) भित्र बसेर काम गर्नेहरूका लागि समय मध्यम रहेकोले आलोचना हुनेछ । माया–प्रेममा मनमुटाव बढ्नेछ भने आफन्त तथा घर–परिवारसँग टाढा हुने समय रहेको छ । घर–जग्गा तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला ।

  • कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया–प्रेममा सामीप्यता बढेर जानेछ । अध्ययन–अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ । आफन्तसँग गरिने व्यापार–व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योग तथा सेयर बजारमा लगानी बढाए भनेजस्तो रुपैयाँ–पैसा कमाउन सकिनेछ ।

  • मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

व्यापार तथा सेयर बजारमा गरेको लगानी फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईंको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्तिमार्फत सम्मान पाउने योग रहेको छ । माया–प्रेममा सामीप्यता बढ्नेछ भने पति–पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइ तथा आमा–बुवासँगको रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय व्यतीत गर्न सकिनेछ । तपाईंको दिन शुभ रहोस् ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।