काठमाण्डौ
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा ओजश्वी शेरचन चयन भएकी छन् । समिति सभापति निर्वाचनका लागि बिहीबार मनोनयन दर्ता भएको थियो । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ओजश्वीलाई उम्मेदवार बनाएको थियो । त्यस्तै एमालेले गुरू बराललाई उम्मेदवार बनाएको थियो। दुई जनाको उम्मेदवारी परेपछि शुक्रबार समितिमा मतदान भएको थियो । मतदानबाट ओजश्वी निर्वाचित भएको हुन्।








