२०८३ श्रावण १९ मंगलवार
Search
२०८३ श्रावण १९ मंगलवार

सर्वोच्चका अधिकृत बिष्टलाई ६ महिना कैद

 

काठमाडौँ

अनाधिकृत रुपमा रेशम चौधरीलाई जेल पठाउने सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्टलाई ६ महिना कैद १० हजार रुपैयाँ जरिवाना भएको छ।

जिल्ला अदालत काठमाडौँमा बिष्टविरुद्ध दायर भएको सरकारी कागजात किर्ते मुद्दामा बिहीबार न्यायाधीश खिमानन्द भुषालको इजलासले सजाय निर्धारण गरेको हो। यस अघि गत चैत २२ गते त्यहीँ इजलासले बिष्टलाई दोषी ठहर गरेको थियो ।

चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले टिकापुर घटनामा दिएको आममावि विरुद्ध परेको रिटमा न्यायिक सुनुवाइ विनै उनले चौधरीलाई एकाएक जेल पुर्याएका थिए। सर्वोच्चको लेटरहेडम चौधरीलाई जेल पठाउनू भन्ने अनाधिकृत पत्र उनले तयार गरेका थिए ।

उक्त कुरा खुलेपछि लगत्तै चौधरी जेलमुक्त भएका थिए भने बिष्टलाई पक्राउ गरेर अनुसन्धान थालिएको थियो । प्रहरीले उनलाई पक्राउ गरेर सरकारी कागजात किर्तेमा अनुसन्धान गरेको थियो । चौधरीले पनि आफूलाई दुःख दिएको भन्दै अदालतमा मुद्दा हालेका थिए।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।