राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेले आइतबार दिउँसो साढे ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने गरी बोलाएको जानकारी प्रवक्ता मनीष झाले दिएका छन् । बैठकमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, साथै विज्ञ र योजना आह्वानलगायत ६ मुख्य एजेन्डामा छलफल हुने जनाइएको छ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।