२०८३ बैशाख ९ बुधबार
Search
२०८३ बैशाख ९ बुधबार

अनुमति बिना जहाज चल्न नदिने इरानको कडा अडान

 

तेहरान :  विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्ग ‘स्ट्रेट अफ होर्मुज’ माथि इरानले आफ्नो पूर्ण नियन्त्रण रहने दाबी गरेको छ। इरानी संसदका वरिष्ठ सदस्य तथा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स का पूर्व कमाण्डर इब्राहिम अजीजीले यो जलक्षेत्रमा इरानको सार्वभौम अधिकार रहेको बताए । 

अजीजीले बीबीसीसँग भने, ‘कुन जहाजलाई होर्मुज स्ट्रेट भएर जान दिने वा नदिने भन्ने निर्णय अब इरानले गर्नेछ।’यस क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिन इरानी संसदमा नयाँ विधेयक ल्याउन लागिएको र त्यसले कानुनी रूपमै इरानलाई शक्तिशाली बनाउने दाबी गरिएको छ। इरानले होर्मुज स्ट्रेटलाई आफ्नो सैन्य तागतको एक हिस्सा र ‘शत्रुसँग लड्ने हतियार’ को रूपमा व्याख्या गरेको छ।

होर्मुज स्ट्रेटमा अनुमति बिना जहाज चल्न नदिने  इरानको कडा अडान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट खुला भएको दाबी गरे पनि इरानी सरकारी मिडियाले त्यसलाई अस्वीकार गर्दै स्ट्रेट बन्द रहेको जनाएका छन्।

विश्वको कुल तेल आपूर्तिको झण्डै २० प्रतिशत यही बाटो भएर जान्छ। यदि इरानले यो बाटो बन्द गरेमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ अत्यधिक बढ्नेछ, जसको प्रत्यक्ष असर नेपालमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्यमा पर्नेछ।
Picture of लाल बिहानी

लाल बिहानी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।