२०८३ बैशाख ११ शुक्रबार
Search
२०८३ बैशाख ११ शुक्रबार

किन विवादमा पर्दैछन् बालेन सरकारका मन्त्री ?

 

काठमाडौँ । ‘जान्नेलाई छान्ने’ स्लोगन नै बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री बनेकाहरू एकपछि अर्को विवादमा तानिन थालेका छन् । 

सरकार गठन भएको एक महिना नपुग्दै तीन मन्त्री विवादमा तानिइसकेका हुन् । त्यसमध्ये एक जनाको पद गुमिसकेको छ भने अर्को एक जनालाई  सचेत गराइएको छ । यसरी पद गुमाउनेमा तत्कालीन श्रममन्त्री दीपक साह छन् । रेडजेनमा अर्थात नसियत भोग्नेमा स्वास्थ्यमन्त्री निशा मेहता रहेकी छन् । यी दुई मन्त्रीको विवाद सेलाउन नपाउँदै अर्का शक्तिशाली मन्त्री सुधन गुरुङ विवादमा तानिन पुगेका छन् । त्यसो त फेवाताल जग्गा प्रकरणमा पनि गुरुङ विवादमा तानिएका थिए 

सुधन गृहमन्त्री बनेलगत्तै हाइप्रोफाइल पक्राउ गरेर चर्चामा आएका थिए । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्व गृहमन्त्री रमेश लेखक र धुरन्धर बिचौलिया दीपक भट्टसहितका प्रभावशाली व्यक्ति र नेताहरूलाई पक्राउ गरेका सुधन आफै भने उनै बिचौलिया भट्टको साझेदार कम्पनीमा सेयर होल्डर रहेको भेटिएपछि पुनः विवादमा मुछिएका हुन् । तर, गुरुङलाई यो प्रकरणमा फेवाताल प्रकरणजस्तै उम्कन सहज नहुने रास्वपाकै नेताहरू बताउँछन् ।

गुरुङ विवादमा तानिनुको कारण के हो ?

सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका दीपक भट्ट केही साता पहिला पक्राउ परेका थिए । तर उनै भट्टसँग गुरुङको कनेक्सन भेटिएको बाहिरिएपछि उनीमाथि नैतिकता र आर्थिक आचरणमाथि प्रश्न उठ्न पुगेको छ ।

त्यतिमात्रै होइन सुशासनको चर्को नारा दिने र समाजसेवीका रूपमा आफूलाई चिनाउन खोज्ने गुरुङ केही दिन पहिला प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दा नै अस्वाभाविक सम्पत्ति देखिएपछि धेरैले प्रश्न गरेका थिए । तर आफूमाथि उठेको उक्त प्रश्नको समेत गुरुङले जवाफ दिन चाहेनन् । एकपछि अर्को प्रश्नबाट भाग्दै आएका गुरुङ बिचौलिया भट्टसँगको कनेक्सन सार्वजनिक भएका अन्य प्रकरण भन्दा महँगो पर्ने देखिएको छ ।
सार्वजनिक तथ्यहरूका अनुसार ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’ मा भट्ट र सुलभ अग्रवालसँगै गुरुङको पनि साझेदारी रहेको देखिन्छ ।

भट्ट र अग्रवाल सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा हिरासतमा छन् । इन्योरेन्सको प्रारम्भिक सेयर लगत सूचीको ४९औँ नम्बरमा सुधनको नाम देखिन्छ  । उक्त कम्पनीमा उनले २५ लाख रुपैयाँ सेयर लिएको लगानी भएको देखिएको छ । उक्त कम्पनी २०७९ सालमा लाइसेन्स पाएको लञु बिमा कम्पनी हो । आईओ समेत निष्कासन हुन बाँकी रहेको उक्त कम्पनीमा दीपक भट्ट लगानी रहेको कम्पनी इन्फिनिटी होल्डिङ्गस, जगदम्बा ग्रुप तथा शंकर ग्रुपको लगानी रहेको देखिन्छ । जसका सञ्चालकहरू हाल सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् ।

गृहमन्त्री गुरूङ दीपक भट्टका पार्टनर भएको खुलासा, सम्पत्ति विवरणमा २५ लाखको सेयर गायब

तर, उक्त इन्स्योरेन्समा सेयर देखिए पनि सुधनले आफ्नो सम्पत्ति विवरणमा खुलाएका थिएनन् । सुधनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई  कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा होप होल्डिङ्स र अनुज प्रिमियम अपार्टमेन्टस् नामक कम्पनीमा मात्रै संस्थापक शेयर लगानी भएको उल्लेख गरेका थिए । 

कसरी गुमाए दीपकले मन्त्री पद ?

रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारमा चैत १३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको शपथ खाएका दीपककुमार साह जिम्मेवारी सम्हालेको २ सातामै विवादमा तानिएपछि उनले चैत २६ गते पद गुमाउन पुगेका हुन् ।

दीपकसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि नियुक्तिको विषयले विवादमा तानिएकी थिइन् । मेहतालाई रास्वपाले सचेत गराइसकेको छ । मेहताले स्वास्थ्य बिमा बोर्डको सदस्यमा मन्त्री साहको दबाबमा उनकै पत्नी जुनु श्रेष्ठलाई निरन्तरता दिने निर्णय गरेकी थिइन् ।

साह र मेहता विवादमा मुछिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साहलाई चैत २६ गते फिर्ता बोलाउने निर्णय गरेको थियो भने मेहतालाई सोही दिन सचेत गराएको थियो । पार्टीको निर्णयलगत्तै प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री साहलाई पदमुक्त गरेका थिए । साह पदमुक्त भएसँगै श्रम मन्त्रीका रूपमा चैत २७ गते रामजी यादव नियुक्त भइसकेका छन् ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।