२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

टी-२० सिरिज: पहिलो खेलमा युएईसँग नेपाल पराजित

 

काठमाडौँ – नेपाल र युएईबीच टीयु मैदान कीर्तिपुरमा भएको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको छ।

वर्षाले प्रभावित बनेको खेलमा डर्कवर्थ लुइस (डिएलएस) नियमअनुसार नेपालले युएईलाई १० ओभरमा जितका लागि ७८ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य युएईले ८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

युएईको जितमा कप्तान मुहम्मद वासिमले ३३ रन बनाउँदा अलिसान सर्राफुले १८ रन रन बनाए। त्यस्तै, अक्षदीप नाथले १७ रन बनाउँदा अन्यको प्रदर्शन गतिलो रहेन।

नेपालका लागि सन्दीप लामिछाने एक्लैले ३ विकेट लिए। उनीबाहेक कुशल मल्लका नाममा अर्को एक विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले वर्षाले खेल अवरुद्ध गर्नुअघि १८.५ ओभरमा नेपालले १ सय २२ रन बनाएको थियो। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाएर अविजित रहँदा अन्यको प्रदर्शन भने गतिलो रहेन।

उनीबाहेक कुशल भुर्तेलले १६ रन बनाउँदा अर्जुन साउदले १३ तथा कुशल मल्लले १७ रन बनाए। थप दोहोरो स्कोरका रुपमा बसिर अहमदको १४ रन रहँदा नन्दन यादवले १३ रन बनाए। अन्य खेलाडीको प्रदर्शन भने सम्झनलायक रहेन।

नेपालविरुद्ध युएईका लागि मुहम्मद जुहाइबले ३ विकेट लिँदा जुनाइद सिद्दीकीले २ तथा हाइदर अली र मुहम्मद अर्फानले १-१ विकेट लिए।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।