२०८३ बैशाख ८ मंगलवार
Search
२०८३ बैशाख ८ मंगलवार

केरामा बिचौलियाको ब्रह्मलुट : चर्को मूल्यको मारमा उपभोक्ता,

 

हेटौँडा । काठमाडौँ  स्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आइतबार केराको थोक मूल्य नै दर्जनको अधिकतम २६० रुपैयाँ थियो । सोमबार भने कालीमाटीले केराको मूल्यसूची नै निर्धारण गरेन । 

कालीमाटीबाट बाहिर निस्कने बित्तिकै खुद्रा फलफूल पसलहरूमा केराको मूल्य उच्च छ । उपभोक्ताले चर्को मूल्य तिरेर किन्न बाध्य भइरहँदा केरा उत्पादक किसानले भने निकै कम दरमा बिक्री गर्न विवश छन् । 

केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतो केरा विक्री बापत आफूहरूले प्रति कोसा ४ देखि ५ रुपैयाँ मात्र पाउने गरेको बताउँछन् । यो भनेको प्रतिकोसा ५ रुपैयाँकै दरले हिसाब गर्ने हो भने पनि किसानले पाउने ६० रुपैयाँ मात्रै हो । 
‘हाल चितवनका किसानले केरा विक्री बापत प्रतिकोसा ४ देखि ५ रुपैयाँ मात्र पाउँछन् । जसअनुसार एक दर्जनको ५० देखि ६० रुपैयाँ हुन्छ । तर, स्थानीय नारायणगढ बजारमै उपभोक्ताले सोही केरा प्रति दर्जन १५० रुपैयाँसम्म तिर्नुपर्छ ।’
कृषक र उपभोक्ताको बिचको मूल्य तेब्बर फरक रहेको उनको भनाइ छ  । बिचको ठुलो मार्जिन थोक तथा खुद्रा बिक्रेताले लिने गरेको उनको भनाइ छ ।  यस्तो असमान मूल्यलाई समायोजन गर्न राज्यले चासो दिनुपर्ने उनको जो छ । 
चितवनमा केरा खेती उल्लेख्य वृद्धि भए पनि बजार मूल्यका कारण नै समस्या उत्पन्न  भइरहेको उनको भनाइ छ । 
अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष किसानले केही राम्रो मूल्य पाएपनि दिगो बजार व्यवस्थापन र सरकारी सहयोगका लागि अझै धेरै काम गर्न बाँकी रहेको अध्यक्ष महतोले बताए । 

नेपाली केराले बजार नपाउनुको मुख्य कारण भारतीय केराको आयात रहेको समेत अध्यक्ष महतोले खुलाए । गत दसैँ, तिहार र छठ जस्ता पर्वहरूमा भारतीय केराका कारण नेपाली केरा बोटमै पाकेर झर्ने अवस्थामा पुगेको उनले स्मरण गरे । 

चितवन केराको सुपर जोन भए पनि राज्यले किसानका समस्याबारे कुनै सोधपुछ नगरेको महतोको गुनासो छ । उनका अनुसार सरकारले बिमामा केही अनुदान र यान्त्रिकीकरणमा सहयोग गरे पनि पहिले दिँदै आएको ब्याज अनुदान अहिले बन्द गरेको छ ।

 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।