२०८३ बैशाख ९ बुधबार
Search
२०८३ बैशाख ९ बुधबार

प्रतिनिधिसभा नियमावलीमा के–के फेरिँदै छ ?

 

काठमाण्डौ

प्रतिनिधिसभा सञ्चालनसम्बन्धी ‘प्रतिनिधिसभा नियमावली, २०७९’ मा विभिन्न संशोधनको प्रस्ताव तयार पारिएको छ । नियमावली संशोधन गर्न प्रतिनिधिसभाले २४ चैतमा रास्वपा सांसद गणेश पराजुलीको नेतृत्वमा बनाएको मस्यौदा समितिले मंगलबार सभामुख डोलप्रसाद अर्याललाई प्रतिवेदन बुझाएको छ । मस्यौदा प्रतिवेदन बुझ्दै सभामुख अर्यालले यसमा थप छलफल गरिने बताए । संविधान, विगतका नजिर, प्रचलित कानुनी व्यवस्था, साथै विज्ञ र सम्बन्धित निकायसँगको परामर्शका आधारमा नियमावली परिष्कृत गरिने सभामुख अर्यालले बताए । उनले सदनमा विस्तृत छलफल हुने र कमी–कमजोरी सुधार गर्न सकिने स्पष्ट गरे । समिति सभापति पराजुलीले संसद् र सरकारलाई जवाफदेही बनाउने गरी नियमावली संशोधनका लागि मस्यौदा प्रतिवेदन तयार पारिएको बताए । ‘सरकार र संसद्लाई अझै जवाफदेही बनाउने गरी मस्यौदा प्रतिवेदन तयार भएको छ । जवाफदेहिताको कसीमा नियमहरू परिमार्जन गरिएको छ । नयाँ नियमहरूले जनताप्रति उत्तरदायी बनाउने हाम्रो अपेक्षा छ,’ उनले भने । मस्यौदा समितिमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजलासमिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निस्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुलभ खरेल सदस्य थिए । 

Picture of लाल बिहानी

लाल बिहानी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।