२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

श्रीमान्‌को अन्तिम संस्कारका लागि रुस जाँदै सन्तु तामाङ

 

रौतहट — गुजरा नगरपालिका–२ ब्रम्हटोलकी सन्तु तामाङ झण्डै साढे दुइ महिनायता छटपटीमा छिन् । ५ वर्षीया छोरी हुर्काउँदै श्रीमानको प्रतिक्षा गरिरहेकी सन्तुका निम्ती यही प्रतिक्षा कहिल्यै पुरा नहुने  सपना भइदियो । किनकी रुसी सेनामा भर्ती हुन गएका श्रीमान मानबहादुर तामाङ,४५ को उतै मृत्यु भएको खबर आइपुग्यो । 

यतिबेला उनी श्रीमानको मृत्युको खबरले जति विचलित छिन् त्यो भन्दा धेरै श्रीमानको शव ल्याउन नसकेकाले चिन्तित छिन् । 

केही महिनाअघिसम्म सन्तुको सपना अर्कै थियो । मानबहादुर रुसबाट फर्केलान र सुबिस्ताको जीवन बिताउन पाइएला भन्न कल्पना थियो । तर युक्रेनसँगको युद्धले उनको सबै सपना खोसीदियो ।  

रुसी सेनामा भर्ती भएका मानबहादुर रुस-युक्रेन युद्धको अग्रमोर्चामा मारिएपछि उनको परिवार यतिबेला गहिरो शोक र अन्योलमा छ । ‘श्रीमान्‌को शव आउँछ कि भनी बाटो हेरीँ बसेँ । रुसबाट चिनेजानेकाले शव पठाउँदैन बरु तिमी नै यतै आउने प्रक्रिया गर्नु भनेपछि म जान लागेको हुँ,’उनले भनिन्,‘रुस जाने सबै कागज तयार पारिसकेँ । अब दूतावासमा गएर निवेदन दिन्छु ।’ 

अहिले पनि घटना सत्य हो जस्तो लाग्दैन सन्तुलाई । कुरा गर्दागर्दै उनको गला अवरुद्ध हुन्छ । श्रीमान् बितेको खबर सुन्नासाथ उनले आफन्त र साथीहरूसित सहयोग मागिन् । तर कसैगरी पनि शव ल्याउन सक्ने नदेखेसी उनी आफैं रुस जान कस्सिएकी हुन् ।

 
 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।