२०८३ बैशाख ११ शुक्रबार
Search
२०८३ बैशाख ११ शुक्रबार

गाँजा र प्रतिबन्धित औषधिसहित १४ कारोबारी पक्राउ

 

सुनसरी : कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रतिबन्धित लागू औषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।b बिहीबार राती सुनसरी, झापा, मोरङ, इलाम र उदयपुरका विभिन्न स्थानमा गरिएको चेकजाँच तथा विशेष अपरेशनका क्रममा ब्राउन सुगर, गाँजा र प्रतिबन्धित औषधिसहित उनीहरूलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका सहायक प्रवक्ता एसपी सुमनकुमार तिमिल्सिनाले बताएका छन् ।

सुनसरीको धरान–८ बाट स्थानिय तुफान विश्वकर्मालाई ३ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।  कोशी गाउँपालिका–१ बाट बराहक्षेत्र नगरपालिका–३ का जीवन कार्की, अनिल राजधामी तथा इटहरी–७ का राजेश चौधरी र नविन चौधरीलाई २ ग्राम १९ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको एसपी तिमिल्सिनाले बताए । 

झापाको भद्रपुर नगरपालिका–४ बाट १६ ग्राम ५१० मिलिग्राम ब्राउन सुगरसहित पाँचथर फिदिमका भिमराज खजुम, राजमान राई, लक्ष्मण लिम्बु र भद्रपुर–५ का सुमन मुखियालाई पक्राउ गरिएको छ । झापा गाउँपालिका–४ बाट शिवसताक्षी नगरपालिका–११ का मदन मिश्रलाई ३ ग्राम ८९ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको एसपी तिम्सिनाले बताए । 

 
Wild Cannabis Marijuana Weed Growing Islamabad Stock Photo 1120028780 | Shutterstock

इलाम नगरपालिका–९ बाट सोही स्थानका सुधिर अधिकारी र पार्वता चौहान अधिकारीलाई १ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । उदयपुरको बेलका नगरपालिका–८ स्थितबाट प्र.०१–००१ ह १८८१ नम्बरको अटोमा लुकाइछिपाइ ल्याउँदै गरेको २७ किलोग्राम गाँजासहित चालक अशोक राईलाई पक्राउ गरिएको एसपी तिम्सिनाले बताए । 

मोरङको बिराटनगर महानगरपालिका–१५ बाट नाइट्राजेपाम ९० ट्याब्लेटसहित मोरङ सुन्दरहरैचा–२ का २० वर्षीय सुदिप उराउ पक्राउ परेका छन् । उर्लावारी–९ स्थित बलबहादुर श्रेष्ठको घरबाट विभिन्न प्रकारका लागू औषध क्याप्सुल १४० र ४८५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै अभियुक्तलाई सम्बन्धित प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको  एसपी तिम्सिनाले बताएका छन् । प्रहरीले कोशी प्रदेशका सबै जिल्लामा लागु औषध नियन्त्रण गर्न प्रहरीको बिशेष टोली परिचालन गरिएको उनले बताए ।
 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।