पोखरा । ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन् । उनी बुद्ध एयरको जहाजमार्फत अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । शाह लेक साइडस्थित होटल सोल्टीमा बस्ने कार्यसूची छ । ज्ञानेन्द्रसँगै उनकी धर्मपत्नी कोमल शाह पनि आएकी छन् । उनीहरू रिफ्रेसका लागि पोखरा आएको बताइएको छ ।अहिलेसम्म शाहको कार्यतालिका सार्वजनिक भएको छैन । उनी निकट स्रोतका अनुसार गोरखनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । त्यसबाहेकका कार्यक्रम अब तय गरिने बताइएको छ । तर, राजनीतिक भेटघाट यसपालि नहुने बताइएको छ । उनी केही समयअघि पनि पोखरा आएर लामो समय बसेका थिए ।विमानस्थलमा उनलाई समर्थकले बाजागाजासहित स्वागत गरेका थिए ।









