२०८३ बैशाख १२ शनिबार
Search
२०८३ बैशाख १२ शनिबार

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

 

काठमाण्डौ  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ।

उनलाई शुक्रबार साँझ पक्राउ गरेको एआइजी मनोज कुमार केसीले जानकारी दिए।

कालिका कन्स्ट्रक्सनका मालिक समेत रहेका पूर्वमन्त्री पाण्डेले ठेक्का पाउने बेलामा डकुमेन्ट परिवर्तन गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। 

‘ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो,’ उनले भने।

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

त्यति बेला उनी ४ करोड धरौटी बुझाएर छुटेका थिए।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।