२०८३ बैशाख १४ सोमबार
Search
२०८३ बैशाख १४ सोमबार

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बेको नाम प्रस्ताव

 

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताका रुपमा भीष्मराज आङ्दाम्बेको नाम प्रस्ताव भएको । सोमबार पार्टी कार्यालयमा सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनको नाम प्रस्ताव भएको हो । 

बैठकमा सभापति गगन थापाले पूर्वसहमहामन्त्री समेत रहेका आङ्देम्बेलाई दलको नेता बनाउने प्रस्ताव गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले लालबिहानीलाई जानकारी दिए । 

दलको नेतामा सहमति जुटाउन गत शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएको  थियो । 
समितिमा अर्की उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा दलको नेता चयन गर्न बनेको निर्वाचन समितिलाई सहमतिका लागि जिम्मेवारी दिइएको थियो । केन्द्रीय कार्यसम्पादन समितिले संसदीय दल नेता चयनमा सहजीकरणको भूमिका खेलिरहेको थियो । 
संसदीय दल नेता भने सांसदहरूले नै चयन गर्नुपर्ने भएकाले दिउँसो सिंहदरबारस्थित संसदीय दलमा दलको बैठक बोलाइएको छ । 
दिउँसो १ बजे संसदीय दल नेता सर्वसहमतिका आधारमा घोषणा गर्ने तयारी छ। कांग्रेसमा ३८ जना सांसद छन्। आङ्देम्बे समानुपातिक तर्फबाट सांसद भएका हुन् ।
Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।