२०८३ बैशाख १५ मंगलवार
Search
२०८३ बैशाख १५ मंगलवार

प्रमुख प्रतिपक्ष दलको नेता चयन

 

काठमाडौं : नेपाली कांग्रेसको प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन्। पार्टीभित्र करिब दुई महिनासम्म चलेको सघन छलफल र रस्साकस्सीपछि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित आङ्देम्बेको नाममा सहमति जुटेको हो। अन्य राजनीतिक दलहरूले निर्वाचनलगत्तै संसदीय दलको नेता चयन गरिसकेको भए तापनि कांग्रेसले भने निर्वाचन सम्पन्न भएको करिब दुई महिनापछि मात्र यो प्रक्रिया टुंग्याएको छ। 

स्मरणीय छ, प्रतिनिधिसभाको निर्वाचन गत फागुन २१ गते सम्पन्न भएको थियो भने बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको पनि एक महिना पूरा भइसकेको छ। चैत १३ गते शाहको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो।

प्रमुख प्रतिपक्ष दलको नेता चयन, संवैधानिक परिषद्ले पायो पूर्णता

सोमबार बसेको संसदीय दलको बैठकले झन्डै ५ दशकदेखि नेपाली राजनीतिमा सक्रिय, पञ्चायतविरोधी आन्दोलन तथा पहिलो र दोस्रो जनआन्दोलनका अग्रणी व्यक्तित्व आङ्देम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो। कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८ जना सांसद छन्, जसमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका हुन्। कांग्रेसका सहमहामन्त्री एवं निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले संसदीय दलको बैठकबाट आङ्देम्बे सर्वसम्मत रूपमा निर्वाचित भएको आधिकारिक जानकारी दिएका छन्।

 
 

 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।