२०८३ बैशाख १५ मंगलवार
Search
२०८३ बैशाख १५ मंगलवार

विमान दुर्घटना, १४ जनाको मृत्यु

 

नैरोबी : दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। दक्षिण सुडानको नागरिक उड्डयन प्राधिकरण (SSCAA)का अनुसार सिटीलिङ्क एभिएसनद्वारा सञ्चालित 5Y-NOK विमान दुर्घटना हुँदा विमानमा सवार सबै यात्रुको मृत्यु भएको हो।

येईबाट जुबा अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडान भर्ने क्रममा सम्पर्क विच्छेद भएको उड्डयन प्राधिकरणले एक विज्ञप्तिमा जनाएको छ। जुबाबाट करिब २० किलोमिटर दक्षिण–पश्चिममा एउटा विमान दुर्घटना भएको प्राधिकरणले पुष्टि गरेको छ।

विमानले स्थानीय समय अनुसार ९:१५ बजे उडान भरेको र ९:४३ बजे सम्पर्क विच्छेद भएको बताइएको छ। विमानमा १३ यात्रु र एक पाइलट थिए, जसमा दुई केन्याली नागरिक र १२ दक्षिण सुडानी नागरिक थिए।

प्रारम्भिक रिपोर्टले विमान खराब मौसम, भिजिबिलिटी कम हुँदा दुर्घटना भएको हुन सक्ने विज्ञप्तिमा उल्लेख छ। घटनास्थलमा जानकारी संकलन गर्न तथा आपतकालीन र उद्धार कार्यमा सहयोग गर्न प्राधिकरणको टोली परिचालन गरिएको बताइएको छ।
Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।