रोल्पा । रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाने क्रममा हिजो भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने २० जनाको पहिचान भएको छ । दुर्घटनामा घाइते भएका १ जना उपचारपछि घर फर्किएका छन् ।
यात्रुहरू सबै रुकुम पूर्वबाट गए पनि केही रुकुम पूर्वका र केही दाङ जिल्लाका भएको रोल्पा प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेहरूमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीया सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।
त्यसैगरी दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीया जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जीसी, ७ वर्षका संयोग जिसी तथा उमेर नखुलेका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया बिष्ट रहेका छन् ।












