२०८३ कार्तिक १६ आईतवार
Search
२०८३ कार्तिक १६ आईतवार

सुकुम्बासीको ज्यान लिँदैछ विस्थापनले

 

काठमाडौं : सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार एक सूचना जारी गर्दै अब लगत संकलन नगरी र प्रमाणीकरण नगरी सुकुम्बासी बस्ती नभत्काउने निर्णय भएको बताएका थिए। तर, शुक्रबार बिहान बल्खुको तरकारी बजार छेउमा रहेको सुकुम्बासी बस्ती पुग्दा भने त्यहाँको वातावरण पूरै तनावग्रस्त देखिन्थ्यो ।  महानगरको डोजर सखारै बस्तीमा पसेको थियो। राम्रोसँग उठ्न नपाएका सुकुम्बासीहरू बल्खु पुलमा उभिएर आफ्नो घर–टहरो भत्काएको हेर्दै थिए। बस्तीमा महानगरका आधा दर्जन डोजर नाचिरहेका थिए। डोजरसँगै त्यहाँ आश्रित सयौं परिवार बेघर भइरहेका थिए। वर्षौं लगाएर टालेको टहरो र जोडेको केही सम्पत्ति केही सेकेन्डमै भग्नावशेष बन्दै थियो। उनीहरूको छत उदांगिएको थियो। 

सुकुमबासी इन्द्रबहादुर : किनारामै थिए, किनारामै अस्ताए

छतसँगै उनीहरूको पनि उठिबास भएको थियो। महानगरको डोजरले बस्तीमा रहेको बुद्ध विहार,  पनि भत्काएको थियो । बल्खुस्थित बागमती नदीकिनारमा आश्रय लिएका ६१ वर्षीय इन्द्रबहादुर राई शुक्रबार साढे तीन बजे बागमती नदीमा मृत भेटिए। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार हलेसी तुवाचुङ नगरपालिका–११, खोटाङ घर भई हाल बल्खु सुकुम्बासी बस्तीमा बस्ने राई नदीमा मृत फेला परेका हुन्। उनी बल्खु तरकारी बजारमा भारी बोक्ने काम गर्ने गरेको स्थानीयले जानकारी दिए ।

WhatsApp Image 2026-05-01 at 16.03.05

स्थानीय प्रज्वल लिम्बूका अनुसार उनी आफ्नो घरमा डोजर चलाएपछि विरक्तिएका थिए। लिम्बूले भने, ‘उनी जागरण टोलकै हुन्।’ मृतककी श्रीमतीले पनि घरमा डोजर चलाएपछि उनी निराश भएर हिँडेको बताइन्। राईले ‘घर भत्केको हेर्नै सक्दिनँ’ भन्दै बिहानै विरक्तिएर हिँडेका थिए। मनोहरा सुकुम्बासी बस्तीका एक किशोरले पनि सरकारले घर भत्काउने सूचना दिएपछि विरक्तिएर आत्महत्या गरेका थिए ।

अव्यवस्थित बस्ती हटाउने क्रममा सरकारले शुक्रबार बिहानै बल्खु र टेकु नजिक पर्ने वंशीघाट, शंखमूललगायतका क्षेत्रमा डोजर चलाएको थियो। बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना दिएर बस्ती खाली गराउन भनेको थियो। उक्त सूचनापछि धेरैले आफैं घरटहरा खाली गर्न थालेका थिए। 

गरिब, भूमिहीन र निम्नवर्गीय नागरिक भने थातथलो छाडेर जान मानिरहेका थिएनन्। बाक्लो सुरक्षा घेराबीच डोजर चलाएर बस्तीहरू भत्काउन थालिएको थियो। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीलगायत खटिएका थिए। बाक्लो सुरक्षा घेरामा डोजरले उपत्यकाका नदीकिनारका बस्तीहरू भत्काएको हो।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।