२०८३ कार्तिक १५ शनिबार
Search
२०८३ कार्तिक १५ शनिबार

१५ दिनदेखि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा, गुरुङबारे छानबिन भएन

 

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएको १५ दिन बितिसक्दा पनि नयाँ नियुक्ति प्रक्रिया अगाडि बढेको छैन । बिचौलिया दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा चौतर्फी प्रश्न उठेपछि गुरुङले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए, तर उनीमाथि लागेका आरोपबारे छानबिन गर्न सरकार र उनको पार्टी रास्वपाले कुनै अग्रसरता देखाएको छैन ।

वैशाख २० गते बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकमा पनि यस विषयमा कुनै छलफल नभएको प्रवक्ता मनिष झाले जिकिर गरे । वैशाख २८ गते संसद् बैठक आह्वान भएकाले छानबिन समिति गठनबारे छलफल हुन सक्ने झाको भनाइ छ ।

‘छानबिन समिति बनाउने विषयमा पार्टीभित्र छलफल भएको छैन । अनुशासन समितिले पनि प्रक्रिया अगाडि बढाएको छैन । वैशाख २८ गते संसद् बैठक आह्वान भएकाले त्यहाँ नै छलफल होला’,लालबिहानीसँग झाले भने ।
यसअघि रास्वपा अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले गुरुङको सम्बन्धमा छानबिन प्रक्रिया अगाडि नबढेको बताएका थिए । गुरुङले राजीनामा नदिँदै वैशाख ७ गते केन्द्रीय समितिको बैठकको निर्णय कुरेर बसेको आयोगले स्पष्ट जबाफ नआएपछि छानबिन प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आफैँले राखेका छन् ।
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।