२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

 

भीम प्रकाश पुन

लुम्बिनी

बुधबारको दिन दाङ देउखुरीका चारवटा पालिका लमही, राजपुर,गढवा र राप्ती भित्र बसोबास गर्ने भुमिहिन सुकुमबासी, मुक्त कमैया संघर्ष समितीको आयोजनामा हजारौंको संख्यामा उपस्थित जनताहरुले बालेन सरकारको चर्को बिरोध गरेका थिए । ¥यालीमा “बालेन तेरो पाराले दुख पायो साराले, जस्ता नारा लगाएका थिए भने आज बिहिबार बुटवलमा पनि नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबास संघर्ष समिति रुपन्देहीको आह्वानमा  प्रदर्शन भएको छ। बुटवलको राजमार्ग चौराहाबाट मिलन चोक–अस्पताल रोड हुँदै ट्राफिक चोकसम्म विरोध प्रदर्शन गरिएको हो।

सरकारले आवश्यक तयारी र छलफलविना भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई उठिबास लगाउने गरी डोजर आतंक मच्चाएको भन्दै त्यसविरुद्ध गरिएको प्रदर्शनमा सरकार तथा प्रधानमन्त्री बालेन्द्र शाहका विरुद्ध नाराबाजी भएको थियो।

समितिका संयोजक खगेन्द्र पौडेलले विगतमा नापजाँच भएका जग्गाको तत्काल लालपुर्जा उपलब्ध गराउनुपर्ने र डोजर आंतक बन्द गर्न माग गर्दै आन्दोलन गरिएको बताए। प्रदर्शनमा सहभागीले ‘हाम्रो कर वैध, हाम्रो मत वैध, हामी कसरी अवैध बालेन सरकार ? ‘डोजर आंतक बन्द गर, जनताको अधिकार कायम गर’, ‘विस्थापित हैन लालपुर्जा दे’जस्ता नारा लेखिएका प्ले कार्ड तथा ब्यानर बोकेका थिए।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।