२०८३ जेष्ठ २१ बिहीबार
Search
२०८३ जेष्ठ २१ बिहीबार

स्ट्रेट अफ हर्मुजमा अमेरिका र इरानबीच भिडन्त

 

काठमाण्डौ।  अमेरिका र इरानबीच बिहीबार हर्मुज जलमार्गमध्य क्षेत्रमा पुनः सैन्य भिडन्त भएको छ। दुवै पक्षले एकअर्कामाथि आक्रमण गरेको आरोप लगाएका छन्। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार हर्मुज जलमार्ग हुँदै ओमानको खाडी तर्फ गइरहेका अमेरिकी नौसेनाका तीनवटा गाइडेड–मिसाइल विनाशक जहाजमाथि इरानले मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण गरेको थियो ।

सेन्टकमले सबै आक्रमणलाई बीचमै निष्क्रिय पारिएको र कुनै अमेरिकी जहाजमा क्षति नभएको जनाएको छ । सेन्टकमले त्यसपछि आत्मरक्षाका लागि इरानका मिसाइल तथा ड्रोन प्रक्षेपणस्थल, कमाण्ड सेन्टर र निगरानी केन्द्रहरूमा आक्रमण गरिएको जनाएको छ।

‘हामी तनाव बढाउन चाहँदैनौं, तर अमेरिकी फौजको सुरक्षाका लागि तयार छौं,’ सेन्टकमले विज्ञप्तिमा भनेको छ ।  इरानले भने अमेरिकाले नै युद्धविराम उल्लंघन गर्दै आफ्नो भूमिमा आक्रमण गरेको दाबी गरेको छ ।  इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइ‍आरजिसी)ले अमेरिकी सेनाले हर्मुज प्रवेश गरिरहेका एउटा तेल ट्यांकर र अर्को जहाजलाई निशाना बनाएको आरोप लगाएको छ ।

साथै केश्म टापु तथा दक्षिणी तटीय शहर बन्दर खामिर र सिरिकमा अमेरिकी हवाई आक्रमण भएको इरानको दाबी छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार पर्सियन खाडीस्थित केश्म टापु र बन्दर अब्बास क्षेत्रमा विस्फोट सुनिएको थियो। रिभोलुसनरी गार्ड्ससँग निकट फार्स न्युजले केश्म टापुको बहमन बन्दरगाह क्षेत्रमा ‘शत्रु फौज’ सँग भिडन्त भएको जनाएको छ।

रिकी कारबाहीलाई युद्धविराम उल्लंघन भन्दै बलियो प्रतिकार गर्ने चेतावनी दिएको छ। इरानी टेलिभिजन प्रेस टिभीले केही घण्टाको तनावपछि हर्मुज आसपासको अवस्था सामान्यतर्फ फर्किएको जनाएको छ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।