२०८३ जेष्ठ २१ बिहीबार
Search
२०८३ जेष्ठ २१ बिहीबार

सबै सरकारी बैंक​​​​​​​का अध्यक्षले दिए राजीनामा

 

काठमाडौं : सार्वजनिक संस्थानमा राजनीतिक आधारमा नियुक्त व्यक्तिहरूलाई हटाउने सरकारको निर्णय सार्वजनिक भएपछि सरकारी स्वामित्वमा रहेका बैंकहरूमा पनि त्यसको प्रभाव देखिएको छ।

सरकारी लगानी भएका बैंकका अध्यक्षहरूले सामूहिक रूपमा पद त्याग गरेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंकका अध्यक्षसहित सम्पूर्ण सञ्चालक समितिले राजीनामा बुझाएका छन्। कृषि विकास बैंक र नेपाल बैंकमा भने अध्यक्षहरूले मात्रै पद छाडेका हुन्।

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल थिए। बैंकको सञ्चालक समितिमा थानप्रसाद पंगेनी, लक्ष्मण घिमिरे, प्रा. डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना तथा हरिकुमार सिलवाल सदस्यका रूपमा थिए। सबैले राजीनामा दिएका छन्।

कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल तथा नेपाल बैंकका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले पनि राजीनामा दिएका हुन्। उनीहरू सबै पूर्ववर्ती सरकारले नियुक्त गरेका हुन्। सरकारले ल्याएको अध्यादेशले नेपाल राष्ट्र बैंक र सरकारी बैंकहरूमा व्यवस्था नगरे पनि सरकारी बैंकका अध्यक्ष तथा सञ्चालकहरूले राजीनामा दिएका हुन्।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।