२०८३ जेष्ठ २० बुधबार
Search
२०८३ जेष्ठ २० बुधबार

अदालतको आदेशविपरीत कोहलपुरमा सुकुम्वासी बस्ती हटाउन डोजर र प्रहरी परिचालन

 

नेपालगन्ज  बाँकेको कोहलपुर नगरपालिकाले अदालतको आदेशविपरीत सुकुम्वासी बस्ती हटाउन डोजर र प्रहरी परिचालन गरेको छ।

काेहलपुर नगर विकास समितिकाे जग्गा खाली गर्ने नाममा नगरपालिकाले शनिबार बिहानैदेखि बस्तीमा डोजर र ठूलो संख्यामा प्रहरी पठाएको हो । जुन सर्वोच्च अदालतले दिएको आदेशविपरीत हो।

शुक्रबार सर्वोच्च अदालतले सुकुम्वासी बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्नका लागि अन्तरिम आदेश दिएको थियो । तर अदालतको आदेशको अवेज्ञा गर्दै कोहलपुर नगरपालिकाले बस्ती खाली गरिदिन माइकिङ गरिरहेको छ ।

काेहलपुर नगरपालिकाले जग्गा खाली गरिदिन निकालेकाे १० दिने सूचनाकाे अवधि आज सकिएको थियो। सूचना जारी भएसँगै केहीले बस्ती खाली गरे पनि केहीले बस्ती छाडेका छैनन् ।

उनीहरूलाई जबरजस्ती उठाउने कार्य भइरहेको छ। बस्तीमा बसेका केही एकजुट भएर सरकारको कदमविरुद्ध नाराबाजी गरिरहेका छन् ।

नगर विकासकाे जग्गामा ७ सय ५१ वटा घर-टहरा छन्। त्यसमा १ सय ७२ भूमिहीन दलित, १ सय ६३ सुकुम्बासी र ४ सय १६ घर अव्यवस्थित बसाेबासीकाे रहेकाे काेहलपुर नगर प्रहरी इन्चार्ज बीरबहादुर थापाले जानकारी दिए।

काेहलपुर नगरपालिकाले वास्तविक सुकुम्बासीलाई राख्न विभिन्न ठाउँमा हाेल्डिङ सेन्टर बनाएकाे छ। अहिलेसम्म ६० घर परिवार हाेल्डिङ सेन्टरमा पुगेका छन्।

तर बस्तीमा बसेकाहरूले आफूहरूलाई पहिले बैकल्पिक व्यवस्था गरेरमात्र उठाउन माग गरिरहेका छन् ।

काेहलपुर नगरपालिकाले आज सूचना जारी गरेर अदालतको आदेश नगर विकासकाे जग्गामा लागू नहुने बताएको छ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।