२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

सीमित जहाज, धेरै गन्तव्य कर्णालीका यात्रुलाई सास्ती

 

कर्णालीका । हुम्ला, डोल्पा, मुगु र  जुम्लामा सडक जीर्ण र जोखिमपूर्ण भएकाले सर्वसाधारण सुरक्षित यात्राका लागि जहाज कुर्छन् । तर, तालिकाअनुसार उडान नहुँदा एकातिर सास्ती त छँदै छ, अर्कोतिर बिरामीहरू समयमै अस्पताल पुग्न पाइरहेका छैनन् ।

जुम्लाबाट छिट्टै अस्पताल पुर्‍याउन बिरामीका आफन्तले दिनभर जहाज कुरे पनि उडान भएन । बिरामीको अवस्था जटिल बनेपछि हिमा गाउँपालिकाको एम्बुलेन्समार्फत नेपालगन्ज लैजाने निधो भयो । तर, उनीहरू नेपालगन्ज पुग्न पाएनन् । ०१००१ झ ००२४ नम्बरको उक्त एम्बुलेन्स कालीकोटको खाडाचक्र–२ मेयरखोलानजिक दुर्घटना हुँदा कुलबहादुरका छोरा ३२ वर्षीय भीमबहादुर र हिमा–७ मचीगाउँका एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाहीको मृत्यु भयो । बिरामी अधिकारी घाइते भए । ‘त्यस दिन प्लेन आएको भए मेरो उपचार सहज हुन्थ्यो,’ अधिकारीले भने, ‘अकालमै छोरा गुमाउनुपर्‍यो ।’

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।