२०८३ जेष्ठ २१ बिहीबार
Search
२०८३ जेष्ठ २१ बिहीबार

एसइई नतिजा सार्वजनिक, यस्तो रह्यो यस वर्षको रिजल्ट

 

काठमाण्डौ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार कुल ६५.९८ प्रतिशतभन्दा बढी विद्यार्थी ग्रेडेड भएका छन् । बोर्डका अनुसार २ लाख ८४ हजार १६० जना ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ जना ननग्रेडेड भएका छन्।

यो नतिजा अघिल्लो वर्षको तुलनामा चार प्रतिशत सुधार भएको बोर्डले जनाएको छ।

विभिन्न जिपिए ल्याउने विद्यार्थी संख्या यस प्रकार छ —

१.६ देखि २ जिपिए — ७ जना

२ देखि २.४ जिपिए — ५१९० जना

२.४ देखि २.८ जिपिए — ५५९७७ जना

२.८ देखि ३.२ जिपिए — ९४२२२ जना

३.२ देखि ३.६ जिपिए — ८०३७२ जना

३.६ देखि ४ जिपिए — ८३९२ जना

सरकारले यसपालिदेखि एसइई परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने घोषणा गरे अनुसार वैशाख २९ को मिति तय गरिएको थियो। तर समयमै काम सकिएकाले एक दिनअगावै नतिजा सार्वजनिक गरेको हो ।

 चैत १९ देखि देशभर सञ्चालन भएको एसइई परीक्षा चैत २९ गते सकिएको थियो । यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका छन् ।  त्यसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना छन्।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।