२०८३ जेष्ठ २१ बिहीबार
Search
२०८३ जेष्ठ २१ बिहीबार

सन्दीपले तोडे ११४ रनको पहिलो विकेटको शतकीय साझेदारी, लिए एकै ओभरमा २ विकेट

 

काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्ध जारी श्रृंखलाको पहिलो खेलमा नेपालको लागि सन्दीप लामीछानेले ११४ रनको ओपनिङ साझेदारी तोडेका छन् ।  उनले २१ औं ओभरमा दुवै ओपनरको विकेट लिएका हुन् । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालले पहिलो विकेट ओपनर ब्याटर जर्ज मुन्सेको लिएको छ । २०.३ ओभरमा सन्दीपले जर्ज मुन्सेलाई ७५ रनमा दिपेन्द्र सिंह ऐरीको हातमा क्याच गराएका थिए । मुन्सेले ६२ बलमा १२ चौका र २ छक्का प्रहार गरेका थिए । 

दोस्रो विकेट २१ औं ओभरको अन्तिम बलमा सन्दीपले अर्का ओपनर फिन्ले म्याक्रिथलाई ३५ रनमा एलबीडब्ल्यू आउट गराएका हुन् । उनले ६२ बलमा ३ चौका प्रहार गरेका थिए । २० ओभरको खेल सकिँदासम्म विकेटविहीन बनेको नेपालले ७ जना बलर लगाउँदा पनि विकेट निकाल्न सकेको थिएन ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।